News Summary
Generated by OK AI. Editorially reviewed.- बाँकेको नेपालगञ्ज-१४ मा लागुऔषध नियन्त्रण ब्युरोले हवाई फायर गरी २४ वर्षीय भारतीय नागरिक नदिम राईलाई पक्राउ गरेको छ।
- मंगलबार राति पौने ११ बजे भारतबाट नेपालतर्फ आउँदै गरेका राईले रोक्न खोज्दा मोटरसाइकल हुँइकाएर भागेपछि दुई राउण्ड हवाई फायर गरिएको थियो।
- उनको साथबाट १०३ ग्राम ७९० मिलिग्राम खैरो हेराइन बरामद भएको प्रहरीले जनाएको छ।
७ असोज, काठमाडौं । बाँकेमा हवाई फायर गरी लागुऔषध कारोबारीमा संलग्न एक जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१४ मा हवाई फायर गरी एक जना भारतीय नागरिक पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश बहराइज जिल्ला रुपैडिया थाना चकिया रोड घर भएका २४ वर्षीय नदिम राई रहेको प्रहरी नायव उपरीक्षक जीवन निरौलाले जानकारी दिए ।
राई मंगलबार राति पौने ११ बजेको समयमा यूपी४०जे०६५७ नम्बरको भारतीय नम्बर प्लेटमा भारतबाट नेपालतर्फ आउँदै थिए । शंका लागि रोक्न खोज्दा उनी मोटरसाइकल हुँइकाएर फरार भएका थिए । सो क्रममा दुई राउण्ड हवाई फायर गरिए पनि उनले मोटरसाइकल नरोकेपछि टायरमा थप दुई राउन्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको निरौलाको भनाइ छ ।
उनको साथबाट १०३ ग्राम ७९० मिलिग्राम खैरो हेराइन बरामद भएको उनले बताए ।
प्रतिक्रिया 4