+

मोहम्मद सालाहलाई ६ महिना सवारी चलाउन प्रतिबन्ध

२०८३ असोज  ७ गते ८:३५ २०८३ असोज ७ गते ८:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फुटबलर मोहम्मद सालाहलाई चालकको पहिचानसम्बन्धी जानकारी नदिएको आरोपमा ६ महिनाका लागि सवारी चलाउन प्रतिबन्ध लगाइएको छ ।
  • विल्म्स्लोमा मार्च २७ मा ३० माइल प्रतिघण्टा सीमामा सालाहको रोल्स–रोयस ३६ माइल प्रतिघण्टाको गतिमा गुडेको स्पिड क्यामेराले रेकर्ड गरेको थियो ।
  • वारेन्टन संयुक्त अदालतले सालाहलाई १ हजार ४४ पाउन्ड जरिवाना तिर्न आदेश दिएको छ ।

७ असोज, काठमाडौं । फुटबलर मोहम्मद सालाहलाई तीव्र गतिमा कार चलाएको घटनामा चालकको पहिचानसम्बन्धी जानकारी नदिएको आरोपमा ६ महिनाका लागि सवारी चलाउन प्रतिबन्ध लगाइएको छ ।

चेशायरको विल्म्स्लोमा मार्च २७ मा ३० माइल प्रतिघण्टा गति सीमा रहेको सडकमा सलाहको रोल्स–रोयस ३६ माइल प्रतिघण्टा (करिब ५८ किलोमिटर प्रतिघण्टा) को गतिमा गुडेको स्पिड क्यामेराले रेकर्ड गरेको थियो ।

अदालतका कागजातअनुसार प्रहरीले कार चलाउने व्यक्ति को थियो भन्ने जानकारी मागेको थियो । तर ३४ वर्षीय सालाहले अभियोजनसम्बन्धी सूचनाको जवाफ नदिएको र आरोपमा कुनै बयानसमेत नदिएको उल्लेख छ ।

वारेन्टन संयुक्त अदालतमा भएको सुनुवाइमा सलाहलाई ६ महिनाको ड्राइभिङ प्रतिबन्धसँगै १ हजार ४४ पाउन्ड जरिवाना तिर्न आदेश दिइएको छ ।

अदालतकी प्रवक्ताका अनुसार सलाहलाई ‘सिङ्गल जस्टिस प्रोसिजर’ अन्तर्गत मुद्दा चलाइएको थियो । उक्त प्रक्रियामा मजिस्ट्रेटले निजी सुनुवाइमार्फत मुद्दा हेर्ने गर्छन् । उनलाई कार चालकको पहिचानसम्बन्धी जानकारी उपलब्ध नगराएको कसुरमा दोषी ठहर गरिएको हो ।

सालाहले लिभरपुल छाड्ने घोषणा गरेको केही दिनपछि तीव्र गतिको उक्त घटना भएको थियो । उनले लिभरपुलमा ९ वर्ष बिताएपछि मार्च २४ मा क्लब छाड्ने घोषणा गरेका थिए ।

लिभरपुलका लागि सालाहले ४४२ खेलमा २५७ गोल गरेका थिए । २०२५–२६ सिजनपछि उनी टर्कीको ट्राब्जोनस्पोरमा आबद्ध भएका थिए ।

-बीबीसीबाट

मोहम्मद सालाह
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय