+
+
Shares

कांग्रेस कैलालीका सभापति भट्टको जिम्मेवारी खोसियो, उपसभापति बडुवाललाई कार्यवाहकको जिम्मेवारी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १३:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले कैलाली जिल्ला सभापति नारायणदत्त भट्टको जिम्मेवारी खोसेर उपसभापति भीम बडुवाललाई कार्यवाहक जिल्ला सभापतिको जिम्मेवारी दिएको छ।
  • कांग्रेस केन्द्रीय कार्यालयले बुधबार १५औँ महाधिवेशनअन्तर्गत कैलालीका जिल्ला मातहतका अधिवेशन सम्पन्न गर्न बडुवाललाई विशेष जिम्मेवारी तोकेको छ।
  • महामन्त्री प्रदीप पौडेलद्वारा हस्ताक्षरित पत्रमा केन्द्रीय निर्वाचन समितिसँग समन्वय गरी जिम्मेवारी पूरा गर्न बडुवाललाई निर्देशन दिइएको छ।

७ असोज, धनगढी । नेपाली कांग्रेसले कैलाली जिल्ला कार्यसमितिका सभापति नारायणदत्त भट्टको जिम्मेवारी खोसिएको छ ।

निवर्तमान सभापति शेरबहादुर देउवा पक्षीय भट्टले अधिवेशन नगराउने भएपछि उनको जिम्मेवारी खोसेर उपसभापति भीम बडुवाललाई कार्यवाहक जिल्ला सभापतिको जिम्मेवारी दिइएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयले बुधबार बडुवाललाई पत्र पठाउँदै १५औँ महाधिवेशनअन्तर्गत कैलालीमा जिल्ला मातहतका अधिवेशन सम्पन्न गर्न कार्यवाहक जिल्ला सभापतिको रूपमा विशेष जिम्मेवारी तोकेको जनाएको छ ।

महामन्त्री प्रदीप पौडेलद्वारा हस्ताक्षरित पत्रमा केन्द्रीय निर्वाचन समितिसँग समन्वय गरी तोकिएको जिम्मेवारी पूरा गर्न बडुवाललाई निर्देशन दिइएको छ ।

नेपाली कांग्रेसको विधान, २०७६ (एघारौँ संशोधनसहित) बमोजिम बडुवाललाई उक्त जिम्मेवारी तोकिएको पत्रमा उल्लेख छ ।

पत्रको बोधार्थ केन्द्रीय निर्वाचन समिति र नेपाली कांग्रेस कैलाली जिल्ला कार्यसमितिलाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?