News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औं महाधिवेशनका लागि बाजुरामा धनराज पण्डितलाई जिल्ला संयोजक तोकेको छ।
- १५औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पण्डितलाई जिम्मेवारी दिएका हुन्।
- समूहले आगामी मंसिर २१, २२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने भन्दै असोज १५ गते वडा अधिवेशनको तयारी गरिहेको छ।
७ असोज, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औं महाधिवेशनका लागि बाजुरामा धनराज पण्डितलाई जिल्ला संयोजक तोकेको छ ।
१५औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले नेता पण्डितलाई बाजुराको जिल्ला संयोजकको जिम्मेवारी दिएका हुन् ।
संयोजक कोइरालाले बुधबार १५ औं महाधिवेशन गर्नका लागि बाजुरामा नेता पण्डितलाईे जिम्मेवारी दिएको पूर्वकेन्द्रीय सदस्य विद्या तिमिल्सिनाले जानकारी दिइन् ।
नेता पण्डित कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य छन् । उनी बाजुरा कांग्रेसका पूर्व सचिव पनि हुन् ।
यो समूहले आगामी मंसिर २१,२२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने भन्दै असोज १५ गते वडा अधिवेशनको तयारी गरिहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4