+
+
Shares

सवारी ऐन उल्लंघनको विषय हेर्न ट्राफिक कोर्ट गठनको माग

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १६:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. राम लामाले सवारी ऐन उल्लंघनका विषय हेर्न छुट्टै ट्राफिक कोर्ट गठनको माग गरे।
  • प्रतिनिधिसभामा बोल्दै उनले लोकतन्त्रमा सबै नागरिकले न्याय पाउनुपर्ने बताए।
  • उनले त्रिपुरेश्वरको घटनालाई स्मरण गर्दै तत्काल ट्राफिक कोर्ट स्थापना गरेर सत्य, तथ्य र निष्पक्ष सुनुवाइ गर्न सरकारसँग माग गरे।

७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. राम लामाले सवारी ऐन उल्लंघनको विषय हेर्न छुट्टै ट्राफिक कोर्ट गठनको माग राखेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो माग राखेका हुन् । लोकतन्त्रमा सबै नागरिकले न्याय पाउनुपर्ने उनले बताए ।

‘ट्राफिक प्रहरीले पनि सडकमा कुटिने अवस्था अन्त्य हुनुपर्छ भने चालकले पनि न्याय पाउनुपर्छ,’ उनले भने, ‘सन्दर्भ, भखैरै मात्र पनि हामीले देखेका छौं । चालकले मैले गल्ति गरेको छैन, म माथि न्याय हुनुपर्छ भनेर आत्मदाह गरेको घटना हामीले देखेका छौं ।’

त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादपछि चालकले आफू भित्रै रहेर बसमा आगो लगाएको घटना स्मरण गर्दै सांसद लामाले यस्तो बताएका हुन् ।

‘यस्तो घटनाहरू नदोहोरिनको निम्ति सरकारसँग माग राख्न चाहन्छु, तत्कालै हामीले एउटा छुट्टै ट्राफिक कोर्टको व्यवस्था गरेर त्यस्ता घटनाहरूको सत्य, तथ्य, निश्पक्ष र न्यायपूर्ण ढंगले सुनुवाइ गर्नुपर्छ । यस निम्ति ट्राफिक कोर्टको स्थापना गर्न माग गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?