+

टी-२०आई अलराउन्डर वरियता : दीपेन्द्र तेस्रोबाट चौथोमा झरे

२०८३ असोज  ७ गते १६:२८ २०८३ असोज ७ गते १६:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी टी-२०आई अलराउन्डर वरियतामा नेपाली कप्तान दीपेन्द्रसिंह ऐरी एक स्थान खस्किएर चौथोमा झरेका छन् ।
  • मंगलबारसम्मको अपडेट राखेर बुधबार अध्यावधि गरिएको वरियतामा दीपेन्द्रको रेटिङ अंक २५६ नै कायम छ ।
  • नेपाली टोलीले शुक्रबारदेखि एसियन गेम्सको क्रिकेटमा खेल्ने भएकाले प्रदर्शनअनुसार वरियता फेरबदल हुन सक्छ ।

७ असोज, काठमाडौं । नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा एक स्थान खस्किएका छन् ।

आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र तेस्रोबाट चौथोमा झरेका हुन् । उनको रेटिङ अंक २५६ नै कायम छ ।

नेपाली पुरुष टोलीले पछिल्लो समय टी-२०आई खेलेको छैन । दीपेन्द्रभन्दा तल रहेका विल ज्याक्सले हालै श्रीलंकासँगको टी-२०आई शृङ्खलामा गरेको प्रदर्शनका आधारमा तेस्रोमा उक्लिएकाले उनी तल झरेका हुन् ।

नेपाली टोलीले अब शुक्रबारदेखि एसियन गेम्सको क्रिकेटमा प्रतिस्पर्धा गर्दैछ । त्यसबेला खेलाडीहरूको प्रदर्शनले वरियता हेरफेर हुन सक्छ ।

अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा यथावत् छन् । उनको रेटिङ अंक ३२१ छ ।

दोस्रो स्थानमा पाकिस्तानका सायम अयुब छन् । अजमतुल्लाह ओमरजाइ पाँचौंमा छन् ।

अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० अलराउन्डर वरियता दीपेन्द्रसिंह ऐरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय