+
+
Shares

यो साता गन्तव्यमा सचेतना अपनाउन पर्यटन विभागको एड्भाइजरी

विभागले शरद ऋतुका लागि हिमालमा पुगिसकेका तथा जाने क्रममा रहेका पर्वतारोही, पदयात्री र सहयोगी कर्मचारीलाई सचेत रहन एड्भाइजरी जारी गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १६:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्यटन विभागले ९ देखि ११ असोजसम्म भारी वर्षा, चट्याङ र हावाहुरीको सम्भावना भन्दै पर्यटकीय गन्तव्यमा सचेतना अपनाउन एड्भाइजरी जारी गरेको छ ।
  • विभागले हिमालमा पुगेका र जाने क्रममा रहेका पर्वतारोही, पदयात्री तथा सहयोगी कर्मचारीलाई सचेत रहन आग्रह गरेको छ ।
  • विभागले यात्रा सकेसम्म नगर्न र गर्नैपरे सुरक्षित तथा सावधानीपूर्वक यात्रा गर्न अनुरोध गर्दै सामागाउँ, खुम्बु र मनाङका स्वास्थ्य संस्थालाई सेवा निरन्तर राख्न आह्वान गरेको छ ।

७ असोज, काठमाडौं । मौसम पूर्वानुमान अनुसार यो साता नेपालमा भारी वर्षाको सम्भावना रहेको भन्दै पर्यटन विभागले पर्यटकीय गन्तव्यमा सचेतना अपनाउन एड्भाइजरी जारी गरेको छ ।

आज मौसम सम्बन्धी सूचना जारी गर्दै विभागले शरद ऋतुका लागि हिमालमा पुगिसकेका तथा जाने क्रममा रहेका पर्वतारोही, पदयात्री र सहयोगी कर्मचारीलाई सचेत रहन एड्भाइजरी जारी गरेको हो ।

नेपाल मौसम बुलेटिन अनुसार ९ असोज शुक्रबारदेखि ११ असोज आइतबारसम्म मुलुकभरि मेघ गर्जन, चट्याङ/हावाहुरी सहित भारी वर्षा हुन सक्ने देखिएको छ । यसले भूक्षय, बाढीपहिरोको जोखिम हुनुका साथै हिमाली भेगमा हिमपातको समेत पूर्वानुमान गरिएको छ ।

यसले पदयात्रा र आरोहण क्षेत्रमा समेत असर पुर्‍याउने भन्दै विभागले अग्रिम सूचित गरेको हो । यो अवधिमा सकेसम्म यात्रा नगर्न/नगराउन र यात्रा गर्नैपरे सुरक्षित र सावधानीपूर्वक यात्रा गर्न समेत अनुरोध गरिएको छ ।

मौसमी पूर्वानुमान ख्याल राख्दै भावी योजना बनाउन समेत विभागले भनेको छ । पदयात्रा तथा हिमाल आरोहण अनुमति जारी भएका सामागाउँ (गोरखा), खुम्बु क्षेत्र, मनाङ लगायत क्षेत्रमा रहेका स्वास्थ्य संस्था र काठमाडौं तथा पोखरास्थित हिमाली स्वास्थ्य समस्याको उपचार सेवा प्रदायक स्वास्थ्य संस्थालाई अविच्छिन्न र सहज सेवा उपलब्ध गराउन आह्वान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?