News Summary
Generated by OK AI. Editorially reviewed.- नवीन पन्तको निर्देशनमा बन्ने फिल्म ‘बाकस’ मा भोलाराज सापकोटा र सुपला सापकोटा अनुबन्धित भएका छन् ।
- निर्देशक पन्तले दशैंपछि छायांकन थालिने र अझै केही कलाकार तथा प्राविधिक छनोट बाँकी रहेको बताए ।
- यो फिल्ममा यसअघि विपना थापा, वर्षा राउत र महेश त्रिपाठी पनि अनुबन्धित भइसकेका छन् ।
काठमाडौं । नवीन पन्तको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘बाकस’ मा भोलाराज सापकोटा र सुपला सापकोटा अनुबन्धित भएका छन् । डेब्यू फिल्म ‘बोक्सीको घर’बाट चर्चामा आएकी सुपलाको यो नयाँ फिल्म हो ।
वास्तविक जीवनमा यी दुईजना बाबुछोरी पनि हुन् । निर्देशक पन्तले दशैंपछि छायांकन थालिने जानकारी दिए ।
कुराकानीमा उनले भने, ‘अझै केही कलाकार तथा प्राविधिकको छनोट अन्तिम टुंगो लगाउने काम भइरहेको छ । तर हामी सबै कुरा छिट्टै मिलाएर दशैंपछि सुटिङमा निस्किन्छौँ ।’
यसअघि यो फिल्ममा विपना थापा, वर्षा राउत र महेश त्रिपाठी अनुबन्धित भैसकेका छन् । यो फिल्मको निर्माण सुजिता चौलागाइँले गर्नेछन् । छत्रबहादुर खड्का सह-निर्माता र धीरेन्द्र पन्त कार्यकारी निर्माताको रुपमा छन् ।
फिल्ममा संगीत दीपक शर्मा र सनम पुरुष राईको रहनेछ । गीत तथा शब्दमा दीपक शर्मा र निर्देशक पन्तकै रहने छ भने मुख्य सहायक निर्देशकमा मनि तामाङ, द्वन्द्व निर्देशकमा किरण दाहाल र प्रोडक्सन म्यानेजरमा निर्मल न्यौपाने छन् ।
प्रतिक्रिया 4