+
+
Shares

यस्ता छन् कर्णाली मन्त्रिपरिषद्का तीन निर्णय

कर्णाली प्रदेश सरकारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रदेश सचिवमा डा. चन्द्रप्रसाद रिसाललाई कामकाजमा खटाउनेसहित तीन वटा निर्णय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १९:१३

७ असोज, सुर्खेत । कर्णाली प्रदेश सरकारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रदेश सचिवमा डा. चन्द्रप्रसाद रिसाललाई कामकाजमा खटाउनेसहित तीन वटा निर्णय गरेको छ ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिव डा. रिसाललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश, वीरेन्द्रनगर, सुर्खेतको रिक्त प्रदेश सचिव पदमा कामकाजमा खटाउने निर्णय गरेको हो ।

बैठकले कर्णाली प्रदेश निजामती सेवा ऐनअनुसार एघारौँ तह वा सोसरहको पदमा पदस्थापन गर्ने प्रदेश सरकारमा रहेको अधिकार मुख्यमन्त्री मंगलबहादुर शाहीलाई प्रत्यायोजन गर्ने निर्णयसमेत गरेको छ ।

यस्तै, बैठकले कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको सचिवालयको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ ।

यसैगरी, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, सुर्खेतमा कार्यरत योजना महाशाखा प्रमुख वरिष्ठ सीडीई रमेश सुवेदीलाई जगदुल्ला हाइड्रोपावर कम्पनीको सञ्चालक समिति सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले कर्णाली प्रदेश सरकारका तर्फबाट सुवेदीलाई उक्त कम्पनीको सञ्चालक समिति सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?