+
+
Shares

इन्डोनेसियामा जहाज डुब्दा २० जनाको मृत्यु, ११५ जना बेपत्ता

राष्ट्रिय खोजी तथा उद्धार एजेन्सीका अनुसार दुर्घटनामा अझै ११५ जना बेपत्ता छन् भने १०८ जनाको उद्धार गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १९:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक जहाज डुब्दा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ।
  • दुर्घटनामा ११५ जना बेपत्ता छन् भने १०८ जनाको उद्धार गरिएको राष्ट्रिय खोजी तथा उद्धार एजेन्सीले जनाएको छ।
  • ‘कन्या यातायात ८’ सुराबायाबाट बञ्जर्मासिनतर्फ जाँदै गर्दा खराब मौसमका कारण सेप्टेम्बर १३ बिहान सम्पर्कविच्छेद भएको थियो।

७ असोज, जकार्ता (रासस/सिन्ह्वा) । इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक जहाज डुब्दा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । राष्ट्रिय खोजी तथा उद्धार एजेन्सीका अनुसार दुर्घटनामा अझै ११५ जना बेपत्ता छन् भने १०८ जनाको उद्धार गरिएको छ ।

‘कन्या यातायात ८’ नामक जहाज पूर्वी जाभाको सुराबायाबाट दक्षिण कालिमान्टनको बञ्जर्मासिनतर्फ जाने क्रममा दुर्घटनामा परेको हो । जहाज सेप्टेम्बर १२ मा सुराबायाबाट प्रस्थान गरेको थियो । खराब मौसमका कारण यात्रामा समस्या आएपछि सेप्टेम्बर १३ बिहान करिब २ बजे स्थानीय समयअनुसार जहाजसँग सम्पर्क विच्छेद भएको थियो ।

खोजी तथा उद्धारमा संलग्न टोलीले जहाजभित्र तथा मध्य कालिमान्टन प्रान्तको तटीय क्षेत्रमा शव फेला पारेका छन् । गोताखोरहरूले जहाजका केबिनमा खोजीलाई केन्द्रित गरेका छन् । तर पानीमुनि कम दृश्यता र तीव्र समुद्री धाराका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको एजेन्सीले जनाएको छ ।

करिब १७ हजार टापु रहेको इन्डोनेसियामा विभिन्न टापुलाई जोड्न तथा यात्राका लागि फेरी र अन्य समुद्री यातायातमा ठूलो निर्भरता छ । मौसम, समुद्री अवस्था र जहाजको सुरक्षासम्बन्धी कारणले त्यहाँ समय–समयमा समुद्री दुर्घटना हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?