News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माको ८६ वर्षको उमेरमा काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको छ।
- काठमाडौं विश्वविद्यालयका उपकुलपति विवेक बरालका अनुसार शर्माको बिहीबार दाहसंस्कार गरिने र पार्थिव शरीर बालकुमारीस्थित स्कुल अफ म्यानेजमेन्टमा श्रद्धाञ्जलीका लागि राखिनेछ।
- शर्मा ६ कार्यकाल केयूका उपकुलपति रहेका थिए र उनकै नेतृत्वमा विश्वविद्यालय स्थापना भएको थियो।
७ असोज, काठमाडौं । काठमाडौ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन भएको छ । काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।
उनको ८६ वर्षको उमेरमा बुधबार साझ ६:५० बजे मृत्यु भएको केयूका उपकुलपति विवेक बरालले जानकारी दिए ।
उनको भोलि (बिहीबार) दाहसंस्कार गरिने भएको छ । दाहसंस्कार गर्नुअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि काठमाडौंको बालकुमारीस्थित स्कूल अफ म्यानेजमेन्टमा राखिने बरालले बताए ।
शर्मा ६ कार्यकाल काठमाडौं विश्वविद्यालयमा उपकुलपति भएका थिए । उनकै नेतृत्वमा केयूको स्थापना भएको थियो ।
बेलायतबाट रसायनशास्त्रमा पीएचडी गरेका उनी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का संस्थापक निर्देशक पनि थिए ।
उनले कर्णालीको जुम्ला, दोलखाको जिरी र धनकुटामा पुगेर प्राविधिक शिक्षा सुरु गरेका थिए ।
विद्यालयदेखि उच्च शिक्षासम्म उनले योगदान दिएका थिए ।
बूढानीलकण्ठ स्कूलको अध्यक्ष भएर पनि उनले काम गरेका थिए । शर्माका श्रीमती र चार छोरी थिए । एक छोरी र श्रीमतीको निधन भइसकेको छ ।
प्रतिक्रिया 4