७ असोज, काठमाडौं । एमालेका केन्द्रीय सदस्य एवं जनसंगठन समन्वय प्रमुख विशाल भट्टराईले नयाँ पुस्ताको निर्णायक उपस्थिति बढ्दै गए पनि त्यही क्षेत्रमा पार्टीको उपस्थिति कमजोर बनेको तथ्य पार्टी बैठकमा पेश गरेका छन् ।
बुधबार केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै भट्टराईले भने ‘राष्ट्रिय जीवनका प्रत्येक क्षेत्रमा नयाँ पुस्ता निर्णायक रूपमा आयो, हामी त्यहाँ पातलिएका छौँ। हाम्रो उपस्थिति बाक्लो बनाउन युवा आकर्षणको कार्यक्रम अपरिहार्य छ ।’
पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उल्लेखित दुई कार्यभार र १५ कामको बाटोमा एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको धारणा छ ।
उनले पार्टीमा युवाको आकर्षण बढाउने कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने धारणा राखे ।
भट्टराईले एमाले बाह्य आक्रमण र सामाजिक सञ्जालको दुरुपयोगबाट प्रभावित भएको पनि बताए। पार्टीविरुद्ध फैलाइएका भ्रमपूर्ण सन्देशको समयमै र योजनाबद्ध रूपमा प्रतिवाद गर्न नसक्दा त्यसको असर जनमतमा परेको उनको भनाइ थियो।
प्रतिक्रिया 4