फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खस्दा पृथ्वी राजमार्ग शुक्रबार बिहान साढे ५ बजेदेखि एकतर्फी भएको छ।
- धादिङ प्रहरीले ठूलो पानी परिरहेका कारण लेदो पन्छाउन समस्या भएको जनाएको छ।
- १० र १४ भदौको बाढीले कृष्णभिरमा सडक कटान गर्दा १८ दिन अवरुद्ध भएको राजमार्ग १ असोजदेखि सञ्चालनमा आएको थियो।
८ असोज, काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि राजमार्ग एकतर्फी भएको छ ।
शुक्रबार बिहान बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभिर भन्दा करिब १०० मिटर अगाडि लेदोसहितको पहिरो खसेका कारण राजमार्ग एकतर्फी सञ्चालनमा रहेको धादिङ प्रहरीले जनाएको छ ।
यसैगरी बेनीघाट रोराङ गाउँपालिका-९ स्थित ज्यामिरेमा पनि पहिरो खसेको छ ।
प्रहरीका अनुसार सो क्षेत्रमा अहिले पनि पानी परिरहेको छ ।
१० र १४ भदौमा भोटेकोशी र त्रिशूली नदीमा आएको ठूलो बाढीले कृष्णभिरमा सडक कटान गर्दा १८ दिन पृथ्वी राजमार्ग अवरुद्ध बनेको थियो ।
कृष्णभिरमा नयाँ ट्र्याक खोलेर १ असोजदेखि पृथ्वी राजमार्ग सञ्चालनमा ल्याइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4