+
+
Shares

कांग्रेस पोखरा महानगर सभापतिमा दोहोरिए सुरेन्द्रमान

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते ८:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस पोखरा महानगरपालिकाको सभापतिमा सुरेन्द्रमान बिजुक्छे ६ सय ८७ मत ल्याएर दोहोरिए।
  • उपसभापतिमा किर्तिबल्लभ त्रिपाठी ९२० मतसहित निर्वाचित भए।
  • महिला उपसभापतिमा सुचिता तामाङ निर्वाचित भइन्, १ हजार ३४१ मत खसेको थियो।

८ असोज, काठमाडौं । नेपाली कांग्रेस पोखरा महानगरपालिकाको सभापतिमा सुरेन्द्रमान बिजुक्छे दोहोरिएका छन्।

गए राति अबेर सम्पन्न मतगणना अनुसार बिजुक्छेले ६ सय ८७ मत प्राप्त गरी  विजयी भएसँगै उनी पोखरा महानगर सभापतिमा दोहोरिएका हुन् ।

उनका प्रत्यासी सन्तोष पौडेलले ३ सय १७ र गणेशबहादुर थापाले ३ सय १५ मत ल्याए ।

उपसभापतिमा ९२० मत प्राप्त गरेर किर्तिबल्लभ त्रिपाठी निर्वाचित भए । उनका प्रतिस्पर्धी मिनप्रसाद भट्टराई थिए ।

महिला उपसभापतिमा सुचिता तामाङ निर्वाचित भएकी छन ।

कुल प्रतिनिधि १ हजार ४४८ मा १ हजार ३४१ मत खसेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?