+
+
Shares

पहिरो पन्छाएसँगै पृथ्वी राजमार्ग दुईतर्फी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते ८:१९
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ को कृष्णभिर र वडा नम्बर ९ को ज्यामिरेमा खसेको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ।
  • अविरल वर्षापछि लेदोसहितको पहिरो खस्दा शुक्रबार बिहान राजमार्ग एकतर्फी सञ्चालनमा थियो।
  • यसअघि भोटेकोशी र त्रिशूली नदीको बाढीले कृष्णभिरमा सडक कटान गर्दा पृथ्वी राजमार्ग १८ दिन अवरुद्ध भएको थियो।

८ असोज, काठमाडौँ । पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभिर नजिकै र वडा नम्बर ९ को ज्यामिरे भन्ने स्थानमा खसेको पहिरो पन्छाएसँगै राजमार्ग दुईतर्फी सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ ।

अविरल वर्षापछि यी दुई स्थानमा लेदोसहित पहिरो खसेका कारण शुक्रबार बिहान राजमार्ग एकतर्फी सञ्चालनमा थियो ।

यसअघि १० र १४ भदौमा भोटेकोशी र त्रिशूली नदीमा आएको ठूलो बाढीले कृष्णभिरमा सडक कटान गर्दा १८ दिन पृथ्वी राजमागर्ग अवरुद्ध बनेको थियो ।

कृष्णभिरमा नयाँ ट्र्याक खोलेर १ असोजदेखि पृथ्वी राजमार्ग सञ्चालनमा ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?