+
+
Shares

सुनको मूल्य ३ लाखमुनि झर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते १०:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ तोकेको छ।
  • अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँ घटेको छ।
  • चाँदीको मूल्य पनि प्रतितोला १६५ रुपैयाँ घटेर ४ हजार ६५० रुपैयाँमा झरेको छ।

८ असोज, काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँ घटेको हो ।

अघिल्लो दिन सुनको मूल्य ३ लाख २ हजार ३ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य आज तोलामा १६५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६५० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?