News Summary
Generated by OK AI. Editorially reviewed.- संसदीय सुनुवाइ समितिले सरकारद्वारा १३ देशका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया अघि बढाएको छ।
- समितिले उजुरी आह्वान गर्दै सूचना प्रकाशित भएको मितिले १० दिनभित्र विद्युतीय वा अन्य माध्यमबाट सूचना वा उजुरी दिन सकिने जनाएको छ।
- मन्त्रिपरिषद्ले गत शुक्रबार भारत, चीनलगायत १३ देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो।
८ असोज, काठमाडौं । संघीय संसद् अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले सरकारले विभिन्न १३ देशका लागि सिफारिस गरेको प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको हो ।
प्रस्तावित व्यक्तिहरूको सुनुवाइका लागि १० दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिए ।
सुनुवाइका लागि समितिमा प्राप्त प्रस्तावित व्यक्तिको नामबारे आम नागरिकलाई जानकारी गराउन तथा प्रस्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना वा उजुरी भए सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली विद्युतीय वा अन्य जुनसुकै माध्यमबाट पनि सूचना वा उजुरी दिन सकिने उनले बताए ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन लगायत १३ वटा देशका राजदूत नियुक्त गर्नका लागि सिफारिस गरेको थियो ।
प्रतिक्रिया 4