+
+
Shares
मौसम पूर्वानुमान महाशाखा :

प्रभावमा आधारित मौसम पूर्वानुमान, दोलखाका कुन-कुन ठाउँमा असर गर्ला वर्षाले ?

नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले वर्षाको कारण दोलखाका भीमेश्वर नगरपालिका र शैलुङ गाउँपालिकामा मध्यम खालको प्रभाव पार्ने उच्च सम्भावना रहेको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते १३:१५

८ असोज, काठमाडौं । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले वर्षाको कारण दोलखाका भीमेश्वर नगरपालिका र शैलुङ गाउँपालिकामा मध्यम खालको प्रभाव पार्ने उच्च सम्भावना रहेको जनाएको छ ।

शैलुङ गाउँपालिकाका सबै क्षेत्र तथा भीमेश्वर नगरपालिकाका वडा नम्बर १, ३, ४, ५, ७ र ८ नम्बर वडाहरुमा वर्षा र बाढी–पहिरोको प्रभाव पर्ने पूर्वानुमान छ ।

महाशाखाले आज प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै भीमेश्वर नगरपालिकाका कुथली क्षेत्र, रामकोट, धर्मावती आसपास, बोसिम्पा, पानीघाट देउराली सडक र चरिकोट सिंगटी सडक क्षेत्रमा बाढी–पहिरोले प्रभाव पार्न सक्ने जनाएको छ ।

बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रभाव नेपाल नजिक सर्दै आएकाले त्यसको असरले दोलखा जिल्ला पनि अछुतो नहुने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार विद्युत्, सन्चार, खानेपानी, सडक, विद्यालय, स्वास्थ्य चौकी, अस्पताल र कृषि क्षेत्रमा प्रभाव पर्ने उच्च सम्भावना छ ।

त्यसैले जोखिममा रहेका विद्यालय र सेवाहरु अस्थायी रुपमा बन्द गर्न वा स्थानान्तरण गर्न, निर्माण स्थलमा रहेका उपकरणहरु सुरक्षित स्थानमा सार्न, यात्रा गर्नुअघि सडक सम्बन्धी सूचनाहरु लिन र मौसम सम्बन्धी पूर्वासूचना नियमित रुपमा प्रवाह गरी नागरिकलाई समयमै जानकारी गराउन सरोकारवाला सबैलाई महाशाखाले सुझाव दिएको छ ।

प्रभावमा आधारित मौसम पूर्वानुमान भनेको के हो ?

प्रभावमा आधारित मौसम पूर्वानुमान भनेको मौसममा के हुन्छ ? भन्ने मात्र नभई त्यसले मानिस, पूर्वाधार, यातायात, कृषि, स्वास्थ्य तथा दैनिक जीवनमा कस्तो प्रभाव पार्न सक्छ ? भन्ने जानकारीसमेत दिने मौसम पूर्वानुमान हो ।

यसको उद्देश्य आज पानी पर्छ कि पर्दैन ? भन्ने जानकारी दिनु मात्र होइन, पानी परेपछि के हुन सक्छ र कसले के सावधानी अपनाउने ? भन्ने जानकारी दिएर जोखिम न्यूनीकरण गर्नु हो ।

त्यसैले प्रभावमा आधारित मौसम पूर्वानुमानलाई मौसम सूचना र विपद् जोखिम न्यूनीकरण बीचको पुल पनि भन्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?