+
+
Shares

दोभान बजारमा आगलागी, १० घर जले

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार ७ घर पूर्ण रुपमा जलेर ध्वस्त भएका छन् भने अन्य तीन घरमा पनि आगोले ठूलो क्षति पुर्‍याएको छ। 

गिरिराज बाँस्कोटा गिरिराज बाँस्कोटा
२०८३ असोज ८ गते १५:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ताप्लेजुङको दोभान बजारमा बिहीबार विद्युत सर्ट भएर आगलागी हुँदा १० घरमा क्षति पुगेको छ।
  • डण्डु शेर्पाको घरबाट सुरु भएको आगलागीमा ७ घर पूर्ण रूपमा जलेका छन् भने ३ घरमा ठूलो क्षति भएको छ।
  • प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले 'आगो अब नियन्त्रणउन्मुख छ। समयमै दमकल र सुरक्षाकर्मी पुग्नाले थप क्षति नहुने अवस्थामा पुगेको छ' भने।

८ असोज, ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा बिजुली सर्ट भएर आगोलागी हुँदा १० घरमा क्षति पुगेको छ। बिहीबार दिउँसो स्थानीय डण्डु शेर्पाको घरबाट विद्युत सर्ट भएर आगालागी सुरु भएको हो।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार ७ घर पूर्ण रुपमा जलेर ध्वस्त भएका छन् भने अन्य तीन घरमा पनि आगोले ठूलो क्षति पुर्‍याएको छ।

उनका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले आगोलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। यस बजारमा करिब ५० घर छन्।

‘आगो अब नियन्त्रणउन्मुख छ। समयमै दमकल र सुरक्षाकर्मी पुग्नाले थप क्षति नहुने अवस्थामा पुगेको छ’ उनले भने।

लेखक
गिरिराज बाँस्कोटा

बाँस्कोटा अनलाइनखबरका पाँचथर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?