+
+
Shares

ट्रम्प-सी उच्चस्तरीय वार्ता : व्यापारिक सम्बन्धदेखि पाण्डा दिनेसम्मका चर्चा

ट्रम्पले सम्झिए- दोस्रो विश्वयुद्ध देखिको सम्बन्ध, सीको प्रस्ताव- सहकार्य विस्तार

ह्वाइट हाउसमा सम्बोधनका क्रममा दुवै नेताले लिखित मन्तव्य दिएका थिए र सञ्चारकर्मीका प्रश्न लिएनन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते २१:०९

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिका–चीन सम्बन्धमा सहकार्य अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

ह्वाइट हाउसमा सम्बोधनका क्रममा दुवै नेताले लिखित मन्तव्य दिएका थिए र सञ्चारकर्मीका प्रश्न लिएनन् ।

ट्रम्पले अमेरिका र चीनबीच दीर्घकालीन र गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै दोस्रो विश्वयुद्धका बेला दुवै देशबीच भएको सहकार्यलाई स्मरण गरे ।

उनले आफू र सीले सहकार्यका क्रममा ठूलो प्रगति हासिल गरेको दाबी गरे । ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा अमेरिका–चीन सम्बन्धमा देखिएका तनावबारे भने खासै उल्लेख गरेनन् । बरु उनले सीसँगको सम्बन्धलाई महान् मित्रताका रूपमा वर्णन गरे ।

ट्रम्पका अनुसार दुवै देश अझ सन्तुलित व्यापारिक सम्बन्ध निर्माणका लागि काम गरिरहेका छन् । उनले सुरक्षा, प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका विषयमा पनि छलफल हुने बताए ।

सीले पनि ट्रम्पसँग सहकार्य अघि बढाउने प्रतिबद्धता जनाए । उनले भने, ‘हाम्रो मित्रतालाई निरन्तरता दिन, सहकार्य विस्तार गर्न र दुवै देशका जनताको कल्याण प्रवर्द्धन गर्न चाहन्छौँ ।’

सीले वर्तमान विश्वमा भइरहेको परिवर्तनको सन्दर्भमा अमेरिका र चीनले मानव विकास तथा प्रगतिलाई अघि बढाउने ऐतिहासिक जिम्मेवारी वहन गर्नुपर्ने बताए ।

उनले कृत्रिम बुद्धिमत्ताको विकास मानव नियन्त्रणमा रहने र त्यसले जनताको कल्याणमा सेवा पुर्‍याउने सुनिश्चित गर्न अमेरिका र चीन दुवै इच्छुक रहेको बताए ।

सीले आगामी पाँच वर्षमा करिब एक लाख युवा अमेरिकीलाई चीन भ्रमण, आदानप्रदान तथा अध्ययनका लागि आमन्त्रण गर्ने जानकारी पनि दिए ।

यसैगरी चीनले अमेरिकाको एटलान्टा चिडियाखानालाई थप दुई वटा पाण्डा उपलब्ध गराउने तयारी गरेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?