चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता (एआई) को विकास सुरक्षित रूपमा गर्न अमेरिका र चीनले सुनिश्चित गर्नुपर्ने बताएका छन् ।
अमेरिका–चीन सम्बन्ध रणनीतिक स्थिरतामा आधारित रहेको उल्लेख गर्दै सीले वर्तमान समयमा दुवै देशले ऐतिहासिक जिम्मेवारी वहन गर्नुपर्ने बताएका हुन् ।
‘चीन र अमेरिका दुवै कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा अग्रणी राष्ट्र हुन्,’ ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको उच्चस्तरीय वार्ताका क्रममा उनले भने, ‘एआईलाई मानव हितका लागि विकास र व्यवस्थापन गर्ने क्षमता तथा जिम्मेवारी हामी दुवैसँग छ ।’
उनले एआईको विकास सधैँ मानव नियन्त्रणमा रहने र जनताको कल्याणमा केन्द्रित हुने सुनिश्चित गर्नुपर्ने बताए ।
ट्रम्प र सीबीचको भेटवार्ताअघि अमेरिका र चीनले एआईसम्बन्धी विद्यमान नियामक व्यवस्थालाई निरन्तरता दिने संकेत गरेका थिए ।
यसबीच उद्योग क्षेत्रका नेताहरूले एआईको तीव्र विकाससँग जोडिएका सम्भावित जोखिमबारे चेतावनी दिँदै आएका छन् ।
प्रतिक्रिया 4