+
+
Shares

बाढीले पुल बगाउँदा समस्या हुन थालेपछि नुवाकोटमा वैकल्पिक अस्पताल सञ्चालन

भोटेकोशी बाढीका कारण नुवाकोटमा अस्पतालसमेत प्रभावित बनेपछि बागमती प्रदेश सरकारले ‘वैकल्पिक अस्पताल’को रूपमा स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको छ ।

रामहरि गजुरेल रामहरि गजुरेल
२०८३ असोज ८ गते २१:५७

‎८ भदौ, नुवाकोट । भोटेकोशी बाढीका कारण नुवाकोटमा अस्पतालसमेत प्रभावित बनेपछि बागमती प्रदेश सरकारले ‘वैकल्पिक अस्पताल’को रूपमा स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको छ ।

‎भदौ १० को बाढीबाट त्रिशूली नदीमाथिका सम्पूर्ण पुलहरू बगाएपछि एक मात्र ठूलो क्षमताको त्रिशूली अस्पतालमा पुग्न नसकिने अवस्था भएपछि नदीवारका बिरामीलाई लक्षित गरी आपत्कालीन अवस्थाका लागि आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ ।

विदुर नगरपालिका–५ स्थित जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आवश्यक सेवा र जनशक्ति थप गरी स्वास्थ्य केन्द्रको रूपमा विस्तार गरी बिहीबारबाट सञ्चालनमा ल्याइएको हो ।

‎बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले स्वास्थ्य केन्द्रको उद्घाटन गरेका हुन् । उद्घाटन गर्दा आर्थिक मामिला मन्त्री सरल सहयात्री पौडेल, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङसमेत उपस्थित थिए ।

‎स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि त्रिशूलीवारीका बिरामीहरूले उपचार सेवा लिनसक्ने मुख्यमन्त्री थापामगरले विश्वास व्यक्त गरे ।

‎सेवा केन्द्र सञ्चालनमा आएपछि यहाँ आपत्कालीन सेवासहित बर्थिङ सेन्टर तथा इमर्जेन्सी गर्भवती सेवा, ओपीडी सेवा, मानसिक रोगको उपचार तथा परामर्श र सामान्य शल्यक्रियालगायतका सुविधा उपलब्ध गराइने जिल्ला अस्पताल त्रिशूलीका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र लामाले जानकारी दिए ।

बाढीबाट विस्थापित भएकाहरूको होल्डिङ सेन्टरको रूपमासमेत सेवा दिइएको यस आयुर्वेद चिकित्सालयलाई सुरुवातमा ४ शय्या क्षमतामा उपलब्ध छ, भने एकैपटकमा १० जनासम्म बिरामीलाई उपचार गर्न सकिने चिकित्सालयका प्रमुख डा. नरेन्द्रप्रसाद गिरीले बताए ।

‎सदरमूकाम विदुरदेखि ३०० मिटर दुरीमा रहेकाे १०० शय्याको प्रदेश स्तरीय त्रिशूली अस्पताल बाढीले पुल बगाएपछि वारपार नाकाबन्दीमा छ । जसका कारण नुवाकोटको ७० प्रतिशत भुभागका बिरामी र सिंगो रसुवा जिल्लाका नागरिकले समेत यहाँबाट उपचार लिन वञ्चित छन् ।

लेखक
रामहरि गजुरेल

गजुरेल नुवाकोटमा क्रियाशील पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?