+
+
Shares

जलवायु न्याय केवल पैसाको विषय होइन, यो वितरणात्मक न्यायको विषय हो : प्रधानमन्त्री बालेन

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते ६:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले महासभामा जलवायु न्याय पैसाको विषय मात्र नभई वितरणात्मक न्याय र प्रक्रियागत न्यायको विषय भएको बताए ।
  • उनले हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्टित, अति कम विकसित देश र भविष्यका पुस्ताको आवाज महत्त्वपूर्ण भएको उल्लेख गरे ।
  • उनले भोलिदेखि संयुक्त राष्ट्रसङ्घमा हुने ‘सगरमाथादेखि समुद्रसम्म’ साइड इभेन्टमार्फत नेपाल यो संवादको नेतृत्व गर्न सहयोग गर्न तयार रहेको बताए ।

९ असोज, काठमाडौ  । प्रधानमन्त्री बालेन शाहले जलवायु न्याय केवल पैसाको विषय मात्र नभएर वितरणात्मक न्यायको विषय भएको बताएका छन् ।

शुक्रबार बिहान महासभाको सम्बोधनका क्रममा उनले भनेका छन्, ‘जलवायु न्याय केवल पैसाको विषय होइन।

यो वितरणात्मक न्यायको विषय हो, अर्थात् यसको लागत कसले बेहोर्छ भन्ने प्रश्न हो।’

उनले अगाडि थपे, ‘यो प्रक्रियागत न्यायको विषय हो, अर्थात् कसको आवाज सुनिन्छ भन्ने प्रश्न हो। यो हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्टित तथा अति कम विकसित देश र अझै जन्मिन बाँकी पुस्ताको भविष्यलाई समान रूपमा महत्त्व दिइन्छ कि दिइँदैन भन्ने प्रश्न हो।

भोलिदेखि यही संयुक्त राष्ट्रसङ्घमा हुने ‘सगरमाथादेखि समुद्रसम्म’ साइड इभेन्टमार्फत नेपाल यो संवादको नेतृत्व गर्न सहयोग गर्न तयार रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?