News Summary
Generated by OK AI. Editorially reviewed.- टेबलटेनिसको पुरुष डबल्समा रुबिन महर्जन र संयोग कपाली जापानका सोरा मात्सुसिमा र शुन्सुके टोगामीसँग ३–० ले पराजित हुँदै दोस्रो चरणबाट बाहिरिए ।
- जापानी जोडीले ११–१, ११–१ र ११–५ ले सेट जितेर अर्को चरणमा स्थान बनायो ।
- यससँगै नेपालले टेबलटेनिसका कुनै पनि विधामा पदक जित्न सकेन ।
९ असोज, काठमाडौं । २०औं एसियाली खेलकुदअन्तर्गत टेबलटेनिसको पुरुष डबल्समा नेपालका रुबिन महर्जन र संयोग कपाली दोस्रो चरणबाट बाहिरिएका छन् ।
स्काइ हल टोयोटामा शुक्रबार भएको खेलमा नेपाली जोडी जापानका सोरा मात्सुसिमा र शुन्सुके टोगामीसँग ३–० को सोझो सेटमा पराजित भयो ।
जापानी जोडीले खेल ११–१, ११–१ र ११–५ ले आफ्नो पक्षमा पार्दै अर्को चरणमा स्थान बनायो ।
यसअघि रुबिन महर्जन र संयोग कपाली दुवै पुरुष सिंगल्समा पनि पहिलो चरणबाटै बाहिरिएका थिए ।
योसँगै नेपाले टेबलटेनिसका कुनैपनि विधामा पदक जित्न सकेन ।
प्रतिक्रिया 4