+

एसियन गेम्स बक्सिङ : खगेन्द्र र अस्मिता दोस्रो चरणबाट बाहिरिए

२०८३ असोज  ९ गते ११:३८ २०८३ असोज ९ गते ११:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका खगेन्द्र रोकामगर र अस्मिता दुवाल दोस्रो चरणबाट बाहिरिएका छन् ।
  • पुरुष ६० केजीमा खगेन्द्र फिलिपिन्सका जुनमिलार्डाे ओगायरेसँग ५–० ले पराजित भए ।
  • महिला ५४ केजीमा अस्मिता जापानकी सुकिमी नामिकीसँग ५–० ले पराजित हुँदै यात्रा टुंग्याइन् ।

९ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका खगेन्द्र रोकामगर र अस्मिता दुवाल दोस्रो चरणबाट बाहिरिएका छन् ।

जापानको निसिओ जिम्नेसियममा शुक्रबार भएको पुरुष ६० केजी तौल समूहको प्रतिस्पर्धामा नेपालका खगेन्द्र फिलिपिन्सका जुनमिलार्डाे ओगायरेसँग ५–० ले पराजित भए ।

पहिलो चरणमा मकाउका एल्भिन जोन रेयेस सलिनासलाई ५–० ले पराजित गरेका खगेन्द्र दोस्रो चरण भने पार गर्न सकेनन् ।

महिला ५४ केजी तौल समूहमा सिधै दोस्रो चरण (राउन्ड अफ १६) मा अवसर पाएकी अस्मिता जापानकी सुकिमी नामिकीसँग ५–० ले पराजित हुँदै यात्रा टुंग्याइन् ।

अब पुरुष ९० केजीमा रविन नेपालले खेल्न बाँकी छ ।

यसअघि नेपालका रमिशा श्रेष्ठ, कुशुम तामाङ, चन्द्रबहादुर थापा र धनबहादुर दर्लामी बाहिरिसकेका छन् ।

२०औं एसियन गेम्स एसियन गेम्स बक्सिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय