+
+
Shares

पार्टी एक नभएसम्म महाधिवेशनमा सहभागी हुन्नँ : शेर्पा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते १४:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेविसंघका पूर्वअध्यक्ष दुजाङ शेर्पाले नेपाली कांग्रेस एकताबद्ध नभएसम्म दुवै पक्षका महाधिवेशनमा सहभागी नहुने घोषणा गरेका छन् ।
  • उनले पार्टीभित्रको विवाद, अविश्वास र विभाजनले नेता–कार्यकर्ता तथा लोकतन्त्रप्रति आस्था राख्ने नागरिक चिन्तित भएको बताएका छन् ।
  • शेर्पाले आसन्न स्थानीय तह र प्रदेश सभा निर्वाचनमा कांग्रेसलाई बलियो बनाउन आफू सक्रिय रहने र नेता–कार्यकर्तालाई पार्टी सुदृढ बनाउन अपिल गरेका छन् ।

९ असोज, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्वअध्यक्ष दुजाङ शेर्पाले पार्टी एकताबद्ध नहुँदासम्म महाधिवेशनमा सहभागी नहुने बताएका छन् ।

पार्टीभित्र देखिएको विवाद, अविश्वास र विभाजनको अवस्थाले नेता–कार्यकर्ता र  लोकतन्त्रप्रति आस्था राख्ने आमनागरिकलाई चिन्तित बनाएको भन्दै उनले दुवै पक्षमा आयोजना हुने महाधिवेशनमा सहभागी नहुने बताएका हुन् ।

नेता शेर्पाले अनलाइनखबरसँगको कुराकानीमा नेताहरू पूर्णबहादुर खड्का, डा. शेखर कोइरालाजस्तै आफूले पनि महाधिवेशनमा सहभागी नहुने मनस्थिति बनाएको बताए ।

‘नेपाली कांग्रेस एकताबद्ध नभएसम्म दुवै पक्षबाट आयोजना हुने महाधिवेशनमा अत्यन्त दु:खका साथ सहभागी नहुने घोषणा गर्दछु,’ उनले सामाजिक सञ्जाल फेसबुकमा पनि लेखेका छन्, ‘यो निर्णय लिनु मेरा लागि जिवनको सबैभन्दा पीडादायी क्षण बनेको छ ।’

शेर्पाले आसन्न स्थानीय तह र प्रदेश सभा निर्वाचनमा आफ्नो तर्फबाट कांग्रेसलाई बलियो बनाउन सम्पूर्ण रूपमा सक्रिय रहन समेत बताए । उनले कांग्रेसका नेता–कार्यकर्ताहरूलाई आ–आफ्नो ठाउँबाट पार्टी सुदृढ बनाउनका लागि सक्रिय हुन पनि अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?