+
+
Shares

विभिन्न ठाउँबाट लागुऔषधसहित १७ जना पक्राउ 

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते १७:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ।
  • कागेश्वरी मनोहराको एक फार्मेसीबाट ट्रामाडोल ६ हजार १ सय १५ ट्याब्लेट र नाइट्राजेपाम ५ हजार ७ सय ३० ट्याब्लेटसहित ३ जना पक्राउ परेका छन्।
  • नागढुङ्गाबाट ट्रामाडोल १ सय २० ट्याब्लेटसहित २ जना, र कञ्चनपुर, बारा, पर्सा, कास्की, सुर्खेत, चितवन र झापाबाट पनि लागुऔषधसहित पक्राउ परेका छन्।

९ असोज, काठमाडौं । प्रहरीले देशका विभिन्न ठाउँबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ।  कागेश्वरी मनोहरा नगरपालिका-९ स्थित फार्मेसीबाट ट्रामाडोल ६ हजार १ सय १५ ट्याब्लेट र नाइट्राजेपाम ५ हजार ७ सय ३० ट्याब्लेटसहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा फार्मेसीका संचालक कालिकोट पचालझरना गाउँपालिका-८ घर भएका २३ वर्षीय हिमाल शाही, सोही गाउँपालिका-९ घर भएका २१ वर्षीय हिरो विक र शुभ कालीका गाउँपालिका-८ घर भएका २६ वर्षीय उमेश बहादुर शाही रहेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले फार्मेसी तलासी गर्दा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट ट्रामाडोल १ सय २० ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धादिङ थाक्रे गाउँपालिका-४ घर भएका २२ वर्षीय रूबिन सुनार र धादिङ धुनिवेशी नगरपालिका-५ घर भएका २१ वर्षीय सन्तोष तामाङ रहेका छन् ।  ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, बेदकोट नगरपालिका-१० सिसैयाबाट खैरो हेरोइन  २ सय ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीय निराजन ठकुराठीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-८ गोवरगावाबाट गाँजा करिब १ किलो ७ सय ३० ग्रामसहित सोही ठाउँ बस्ने ३६ वर्षीय जयनारायण चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पर्सा, पटेर्वा सुगौली गाउँपालिका-५ देउरिया बस्ने ५५ वर्षीय रामनारायण राउत थारूलाई खैरो हेरोइन ४ सय ८० मिलिग्राम र अफिम ३ ग्राम १ सय ७० मिलिग्रामसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले रामनारायणको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

 कास्की, पोखरा महानगरपालिका-८ न्यूरोड डेरा गरी बस्ने तनहुँ व्यास नगरपालिका-५ घर भएका २६ वर्षीय राजु न्यौपाने समेत २ जनालाई खैरो हेरोइन ९ ग्राम ३ सय २० मिलिग्रामसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-२ कोलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन ४ ग्राम ३ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय मान बहादुर बुढा र १९ वर्षीय दीपेन्द्र जैसी रहेका छन् ।

चितवन, खैरहनी नगरपालिका-१ गणेश चोक बस्ने २६ वर्षीय अजय गान्धरीसमेत ४ जनालाई  खैरो हेरोइन ३ ग्राम १ सय मिलिग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

झापा, मेचीनगर नगरपालिका-६ बाट खैरो हेरोइन ६ ग्राम २ सय ८० मिलिग्रामसहित सोही नगरपालिका-१२ बस्ने २६ वर्षीय सरोज थापा मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?