+
+
Shares

दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते १७:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै १ जनाबाट २ लाख रुपैयाँ ठगी गरेको आरोपमा बूढानीलकण्ठका ३२ वर्षीय सुजन न्यौपाने पक्राउ परेका छन्।
  • प्रहरीले उनलाई बिहीबार कपनबाट पक्राउ गरेर वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाएको जनाएको छ।

९ असोज, काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं बूढानीलकण्ठ बस्ने सिन्धुली कमलामाई नगरपालिका-१ घर भएका ३२ वर्षीय सुजन न्यौपाने छन्।

उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। सुजनले दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको कपनबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?