+
+
Shares

कैलालीमा घाँस काट्न गएकी महिला मृत भेटिइन्

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १० गते ११:१९

१० असोज, धनगढी । कैलालीमा घाँस काट्न गएकी महिला मृत अवस्थामा भेटिएकी छन् । गौरीगंगा नगरपालिका–६ बनबेहडाकी ४० वर्षीया पार्वती साउद रुखबाट लडेको अवस्थामा मृत फेला परेकी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रेमबहादुर साउदकी श्रीमती पार्वती शुक्रबार दिउँसो घाँस काट्न स्थानीय बार वन सामुदायिक वनमा गएकी थिइन्। साँझसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा शनिबार बिहान करिब ९ बजे रुखबाट लडेर मृत्यु भएको अवस्थामा उनलाई फेला पारेका हुन्।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय चौमाला र इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?