१० भदौ, डोल्पा । डोल्पामा अविरल वर्षाका कारण भिरबाट ढुंगा खस्दा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
शुक्रबार राति जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका-७ रावलवाडामा राति करिब ९ः४५ बजे बगर हेलखोलास्थित त्रिपालले बनाइएको गोठमा भिरबाट ढुंगा खसेको थियो ।
ढुंगाले लागेर गोठमा सुतिरहेका ३३ वर्षीय मनरुप केसी र ३८ वर्षीय चन्द्ररुप केसी घाइते भएका थिए। मनरुपको टाउको र छातीमा चोट लागेको थियो। उनलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
प्रहरीका अनुसार चन्द्ररुपको ढाडमा चोट लागेको छ। उनको उद्धार तथा उपचारका लागि प्रहरी टोली परिचालन गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4