१० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत तीन जिल्लामा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ ।
केन्द्रीय निर्वाचन समितिले मनाङ, मुस्ताङ र बैतडीमा क्षेत्रीय अधिवेशन सम्पन्न भएको जानकारी दिएको हो ।
समितिले संखुवासभा, धनकुटा, उदयपुर, चितवन, ललितपुर, कपिलवस्तु, रुकुम पूर्व, रोल्पा, रुकुम पश्चिम, जुम्ला, डोटी, दार्चुला, डडेल्धुरा र कञ्चनपुरमा उद्घाटन सत्रको सुरुवात भएर निर्वाचन प्रक्रिया चलिरहेको पनि जनाएको छ ।
समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिमा १५ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन सम्पन्न भइसकेका र गाउँ–नगर अधिवेशन सम्पन्न हुने क्रम जारी रहेको पनि उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4