+
+
Shares

बिहीबारयता बाढी, पहिरो लगायतका विपद्‍मा परी ६ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १० गते १९:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अविरल वर्षापछि असोज ८ यता देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म ६ जनाको मृत्यु भएको छ।
  • नेपाल प्रहरीका अनुसार बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशमा गरी ६ जनाको मृत्यु भएको छ र २ जना घाइते भएका छन्।
  • प्रहरीले ४ सय ७ जनाको उद्धार गरेको छ र जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने काम गरिरहेको छ।

१० असोज, काठमाडौं । अविरल वर्षाको कारण गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म ६ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी बागमती प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना र कर्णाली प्रदेशमा १ जना गरी जम्मा ६ जनाको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको हो ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी २ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै ४ सय ७ जनाको उद्धार गरिएको प्रहरीको भनाइ छ ।

यसका साथै प्रहरीले बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गरिरहेको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?