+

क्यानडा सुपर ६० खेल्न इन्दु बर्मा क्यानडा प्रस्थान

२०८३ असोज  १० गते १९:४१ २०८३ असोज १० गते १९:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा क्यानडा सुपर ६० क्रिकेट प्रतियोगिता खेल्न क्यानडा प्रस्थान गरेकी छन्।
  • इन्दुलाई प्रतियोगिताको दोस्रो संस्करणका लागि टोरन्टो सिक्सर्सले टोलीमा अनुबन्ध गरेको छ।
  • भ्यानकुभरको बीसी प्लेसमा सेप्टेम्बर २९ देखि अक्टोबर ४ सम्म हुने महिला स्पर्धामा टोरन्टो सिक्सर्स, भ्यानकुभर वारियर्स र भ्यानकुभर एन्कर्स सहभागी हुनेछन्।

१० असोज, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा क्यानडा सुपर ६० क्रिकेट प्रतियोगिता खेल्न क्यानडा प्रस्थान गरेकी छन् ।

इन्दुलाई प्रतियोगिताको दोस्रो संस्करणका लागि टोरन्टो सिक्सर्सले आफ्नो टोलीमा अनुबन्ध गरेको छ । उनी क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेसमा सेप्टेम्बर २९ देखि अक्टोबर ४ सम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी हुनेछिन् ।

क्यानडा सुपर ६० टी–१० फर्म्याटमा खेलाइने फ्रेन्चाइज प्रतियोगिता हो । प्रत्येक टोलीले १० ओभर ब्याटिङ गर्ने यस प्रतियोगिताको एक खेल करिब ९० मिनेटमा सकिनेछ । प्रतियोगितामा पुरुषतर्फ २४ खेल हुँदैछन् भने महिलातर्फ दोस्रो संस्करणमा तीन टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

महिला स्पर्धामा टोरन्टो सिक्सर्स, भ्यानकुभर वारियर्स र भ्यानकुभर एन्कर्स सहभागी छन् । इन्दुसँगै दक्षिण अफ्रिकाकी मरिजान काप, पाकिस्तानकी फातिमा साना तथा इंग्ल्यान्डकी बेस हीथजस्ता अन्तर्राष्ट्रिय खेलाडी पनि प्रतियोगितामा रहनेछन् ।

इन्दु बर्मा क्यानडा सुपर ६० टोरन्टो सिक्सर्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय