+
+
Shares

ललितपुरमा स्कुटर दुर्घटना हुँदा एक युवकको ज्यान गयो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते ६:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरको सानागाउँमा स्कुटर आफैं अनियन्त्रित भई पल्टिँदा २६ वर्षीय आशिष मगरको मृत्यु भएको छ ।
  • इमाडोलबाट लुभुतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०५९ प २९३८ नम्बरको स्कुटर शनिबार बेलुका करिब सवा सात बजे दुर्घटना भएको थियो ।
  • प्रहरीका अनुसार किस्ट मेडिकल कलेजमा उपचारको क्रममा गएराति ८:२५ बजे मगरको मृत्यु भएको हो ।

११ असोज, काठमाडौं । ललितपुरको सानागाउँमा स्कुटर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।

इमाडोलबाट लुभुतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०५९ प २९३८ नम्बरको स्कुटर शनिबार बेलुका करिब सवा सात बजे आफैं अनियन्त्रित भई पल्टिँदा चालकको ज्यान गएको हो ।

दुर्घटनामा ललितपुर महानगरपालिका ३ बस्ने २६ वर्षीय आशिष मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।

प्रहरीका अनुसार उनको किस्ट मेडिकल कलेजमा उपचारको क्रममा गएराति ८:२५ बजे मृत्यु भएको हो । उनको टाउकोमा गम्भिर चोट लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?