News Summary
Generated by OK AI. Editorially reviewed.- एसियन गेम्सको पुरुष डबल्समा नेपालका अभिषेक बास्तोला र प्रदीप खड्काले मंगोलियाली जोडीलाई ६–२, ४–६, १४–१२ ले हराउँदै दोस्रो चरणमा प्रवेश गरे ।
- नागोया सिटी हिगाशियामा पार्क टेनिस सेन्टरमा आइतबार भएको खेलमा नेपालले पहिलो सेट जिते पनि दोस्रो सेट गुमाएको थियो ।
- महिला सिंगल्समा नेपालकी शिभाली गुरुङ पहिलो चरणबाटै बाहिरिइन् ।
११ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत पुरुष डबल्स टेनिसमा नेपालका अभिषेक बास्तोला र प्रदीप खड्काको जोडी पहिलो चरण पार गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।
नागोया सिटी हिगाशियामा पार्क टेनिस सेन्टरमा आइतबार भएको खेलमा अभिषेक र प्रदीपले मंगोलियाका मुन्खबातार बाड्राख र उर्नुख जोलबदारको जोडीलाई ६–२, ४–६, १४–१२ ले पराजित गरे ।
नेपालले पहिलो सेट ६–२ ले जित्दै खेलमा अग्रता बनाए पनि दोस्रो सेट ४–६ ले गुमाएको थियो । निर्णायक तेस्रो सेटमा नेपालले १४–१२ को जित निकाल्दै खेल आफ्नो पक्षमा पारेको हो ।
यो जितसँगै अभिषेक र प्रदीपको जोडी पुरुष डबल्सको दोस्रो चरणमा पुगेको छ ।
यसअघि महिला सिंगल्समा नेपालकी शिभाली गुरुङ पहिलो चरणबाटै बाहिरिएकी छन् ।
प्रतिक्रिया 4