+

म्याग्दीमा सातौं अर्थुङ्गे कप फुटसल प्रतियोगिता हुँदै

२०८३ असोज  ११ गते १३:४२ २०८३ असोज ११ गते १३:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेमा १७ र १८ असोजमा सातौँ अर्थुङ्गे कप फुटसल प्रतियोगिता हुने भएको छ ।
  • अर्थुङ्गे युवा क्लबले युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले बेनी फुटसल शिक्षामार्गमा ५ ए साइड प्रतियोगिता आयोजना गर्न लागेको हो ।
  • प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् ।

११ असोज, काठमाडौं । म्याग्दीमा सातौँ अर्थुङ्गे कप फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।

युवालाई खेलकुदतर्फ आकर्षित गर्दै समाज र राष्ट्रको आधारशिलाका रूपमा विकास गर्ने उद्देश्यले बेनी नगरपालिका–६, अर्थुङ्गेमा रहेको अर्थुङ्गे युवा क्लबले १७ र १८ असोजमा फुटसल प्रतियोगिता आयोजना गर्न लागेको क्लबका अध्यक्ष विवेक बानियाले जानकारी दिए ।

बेनी फुटसल शिक्षामार्गमा हुने प्रतियोगिता ५ ए साइड फुटसल स्वरूपमा हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई जनही ५ हजार तथा अनुशासित टिमलाई ७ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क ५ हजार र धरौटी १ हजार तोकिएको छ ।

टिम दर्ता असोज १६ गते बेलुका ५ बजेसम्म गर्न सकिने आयोजकले जनाएको छ । प्रतियोगितालाई व्यवस्थित र मर्यादित बनाउन खेलका क्रममा लाग्ने पहेंलो कार्ड तथा रातो कार्डसम्बन्धी नियमसमेत लागू गरिने छ ।

अर्थुङ्गे कप फुटसल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय