उद्धारका लागि जाँदै गरेका हेलिकप्टर
News Summary
Generated by OK AI. Editorially reviewed.- मनाङको नारफूस्थित हिमलुङ हिमालमा आइतबार बिहान हिमपहिरो जाँदा १० जना बेपत्ता भएका छन्।
- मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार बेपत्ता सबै नेपाली हुन् र हेलिकप्टरमार्फत उद्धार प्रयास जारी छ।
- जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार बेपत्ता सबै अल्पाइन ट्रेक एण्ड ट्राभल्सबाट गएका थिए।
११ असोज, काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिमलुङ हिमालमा हिमपहिरो जाँदा १० जना बेपत्ता भएका छन् ।
मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार, आइतबार बिहान हिमपहिरो गएको हो ।
‘हिमपहिरोमा परेर १० जना बेपत्ता भएको सूचना आएको छ,’ उनले अनलाइनखबरसँग भने, ‘हराएका भनिएकाहरू सबै नेपाली भन्ने विवरण आएको छ । एकिन भइसकेको छैन। हेलिकप्टर पनि गएको छ । एकपटक उद्धारकर्तालाई हिमपहिरो गएको भनिएको ठाउँमा छोडेर आयो । अर्को हेलि फेरि पनि जाँदैछ ।’
उनीहरू अल्पाइन ट्रेक एण्ड ट्राभल्सबाट गएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4