+

विश्व सितोरियो कराते च्याम्पियनसिपमा नेपालले जित्यो दुई स्वर्णसहित ६ पदक

२०८३ असोज  ११ गते १६:३६ २०८३ असोज ११ गते १६:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानमा जारी ११औं विश्व सितोरियो कराते च्याम्पियनसिपमा नेपालले २ स्वर्ण, १ रजत र ३ कास्यसहित ६ पदक जितेको छ ।
  • महिला ६८ केजीमाथि एरिका गुरुङ र पुरुष ६० केजीमुनि राकेश मानन्धरले स्वर्ण पदक जितेका छन् ।
  • महिला ६८ केजीमुनि निरुपा दोङ तामाङले रजत र टिम कातामा मेघा लिम्बु, सानुमाया तामाङ र अलिशा रास्कोटीको जोडीले कास्य पदक जितेको छ ।

११ असोज, काठमाडौं । ११औं विश्व सितोरियो कराते च्याम्पियनसिपमा नेपालले २ स्वर्णसहित ६ पदक जितेको छ । जापानमा जारी च्याम्पियनसिपमा नेपालले २ स्वर्णसहित एक रजत र ३ कास्य पदक जितेको हो ।

महिला ६८ केजी माथिको तौल समूहमा नेपालकी एरिका गुरुङले स्वर्ण पदक हात पारिन् । यस्तै राकेश मानन्धरले ६० केजीमुनिको तौल समूहमा स्वर्ण पदक जिते ।

महिला ६८ केजीमुनिको तौल समूहमा नेपालकी निरुपा दोङ तामाङले रजत पदक जित्दा टिम कातामा मेघा लिम्बु, सानुमाया तामाङ र अलिशा रास्कोटीको जोडीले कास्य पदक हात पार्‍यो ।

यस्तै महिला टिम कुमुते एरिका गुरुङ, निरुपा दोङ तामाङ, मेघा लिम्बू, एलिसा रास्कोटी मगर र सानुमाया थिङको जोडीले कांस्य पदक जित्न सफल भयो ।

विश्व सितोरियो कराते च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय