News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बुझ्न टेकुस्थित अपराध अनुसन्धान कार्यालय पुग्दा प्रहरीले रोक लगाएकोप्रति आपत्ति जनाएको छ।
- आयोगको टोली ४५ मिनेट गेटमै कुरेर पनि जबरालाई भेट्न नपाएपछि फर्किएको र प्रहरीले संवैधानिक तथा कानुनी अधिकार विपरीत व्यवहार गरेको उल्लेख गरिएको छ।
- आयोगले संवैधानिक तथा कानूनी दायित्व पूरा गर्न अवरोध गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ।
११ असोज, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबारे बुझ्न पुग्दा प्रहरीले गरेको व्यवहारप्रति आपत्ति जनाएको छ ।
आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा अनुगमनका लागि पुग्दा रोक लगाइएको थियो ।
करिब ४५ मिनेटसम्म पनि गेटमै बसेर कुर्दा पनि पूर्वप्रधानन्यायाधीश जबरालाई भेट्न नपाएपछि आयोगको टोली फर्किएको थियो ।
सोबारे आपत्ति जनाउँदै आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक तथा कानूनी अधिकार विपरीत नेपाल प्रहरीबाट गरिएको यस प्रकारको व्यवहारप्रति आयोग खेद प्रकट गर्दछ ।’
आफूहरूको संवैधानिक तथा कानूनी दायित्व पूरा गर्ने कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।
‘अत: निष्पक्ष छानविन गरी संवैधानिक तथा कानूनी दायित्व पूरा गर्ने कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन र आयोगलाई प्राप्त संवैधानिक तथा कानूनी अधिकारको सम्मान गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
पूर्व प्रधानन्यायाधीश जबरालाई प्रहरीले पक्राउ गरेको घटनाप्रति अयाोगले ध्यानाकर्षण पनि गराएको छ ।
प्रतिक्रिया 4