News Summary
Generated by OK AI. Editorially reviewed.- वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहको सचिवालयले चोलेन्द्रशम्सेर जबराको पक्राउ प्रकरणमा सिंहको नाम जोडिएकोमा आपत्ति जनाएको छ।
- सचिवालयले असम्बन्धित व्यक्तिलाई जबर्जस्ती घटनामा तानेर विवादित बनाइएको दाबी गर्दै अदालतबाट टुंगिएको विषयलाई अन्य व्यक्तिको पक्राउसँग नजोड्न आग्रह गरेको छ।
- सचिवालयले मेयर निर्वाचित हुनुभन्दा पहिले नागरिकताको सेवा लिएको विषय भएको र विशेष अदालतले भ्रष्टाचारको आरोपबाट सिंहलाई केही दिनअघि सफाइ दिएको जनाएको छ।
११ असोज, काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको सचिवालयले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको पक्राउ प्रकरणमा मेयर सिंहको नाम समेत जोडिएकोमा आपत्ति जनाएको छ ।
मेयर सिंहको सचिवालयका प्रमुख स्वकीय सचिव सत्यराज घिमिरेले आइतबार एक विज्ञप्ति जारी गरी, असम्बन्धित व्यक्तिलाई जबर्जस्ती घटनामा तानेर विवादित बनाइएको’ दाबी गरेको हो ।
मेयर सिंहको सचिवालयले जबराको पक्राउको कारण स्वयं जबराले नै खोजिरहेको अवस्थामा असम्बन्धित व्यक्तिलाई जबर्जस्ती तानिएको उल्लेख गरेको छ ।
नगरप्रमुख निर्वाचित हुनुभन्दा पहिले नै नागरिकताको सेवा लिएको विषय भएको मेयर सिंहको सचिवालयले जनाएको छ ।
नागरिकता सम्बन्धी मुद्दा पर्सा जिल्ला अदालतमा विचाराधीन हुँदा अख्तियारले विशेष अदालतमा समेत भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतले केही दिन अघिमात्रै भ्रष्टाचारको आरोपबाट सिंहलाई सफाइ दिएको छ ।
मेयर सिंहको सचिवालयले अदालतबाट टुंगिइसकेको विषयलाई अन्य व्यक्तिको पक्राउसँग नजोड्न समेत आग्रह गरेको छ । यससँग सम्बन्धित समाचार अनलाइनखबरमा पनि प्रकाशित भएको थियो ।
प्रतिक्रिया 4