+
+
Shares

नारायणी नदीमा क्रुजसिप बगाएपछि पूर्व–पश्चिम राजमार्ग बन्द

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १८:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको नारायणी नदीमा राखिएको क्रुजसिप बाढीले बगाएर पुलको पिलरमा अड्किँदा पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको छ।
  • एसपी रामेश्वर पौडेलले पुलको गैंडाकोटपट्टिको पिल्लरमा क्रुजसिप अड्किएको र पानीको सतह तथा बहाब बढिरहेको बताउनुभयो।

११ असोज, काठमाडौं । चितवनस्थित नारायणी नदीमा राखिएको क्रुजसिप नै बाढीले बगाएपछि पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको छ ।

नदीले बगाएको क्रुजसिप बगेर पुलको पिलरमा आएर अड्किएको छ ।

पुलको पिलरमा क्रजुसिपले धक्का दिएपछि अहिले नारायणी नदी वारपार भएर आवतजावत गर्ने सवारी साधनहरू बन्द गरिएको छ ।

यो सँगै पूर्व–पश्चिम राजमार्ग पनि बन्द भएको हो ।

एसपी रामेश्वर पौडेलका अनुसार, केहीबेरदेखि पुलमा सवारी आवतजावत बन्द गरिएको हो ।

‘पुलको गैंडाकोटपट्टिको पिल्लरमा अड्किएर बसेको छ । पानीको सतह बढ्दैछ, जोखिम पनि बढ्दैछ,’ उनले भने ।

उनले पानीको बहाब बढिरहेको पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?