+

ओडीआईमा विराट कोहलीको कीर्तिमानी १५ हजार रन पूरा

२०८३ असोज  ११ गते २०:५८ २०८३ असोज ११ गते २०:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विराट कोहलीले वेस्ट इन्डिजविरुद्ध पहिलो ओडीआईमा चौका प्रहार गर्दै एकदिवसीय अन्तर्राष्ट्रियमा १५ हजार रन पूरा गरे।
  • कोहली १५ हजार रन बनाउने दोस्रो खेलाडी बने भने ३०३ इनिङ्समा यो उपलब्धि हासिल गर्दै सचिन तेन्दुलकरको ३७७ इनिङ्सको कीर्तिमान तोडे।
  • वेस्ट इन्डिजले दिएको २९७ रनको लक्ष्य पछ्याइरहेको भारतका लागि कोहली ७५ रन बनाएर क्रिजमा थिए।

११ असोज, काठमाडौं । भारतका स्टार ब्याटर विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा १५ हजार रन पूरा गर्दै नयाँ कीर्तिमान बनाएका छन् ।

वेस्ट इन्डिजविरुद्ध पहिलो ओडीआईका क्रममा कोहलीले यो उपलब्धि हासिल गरेका हुन् । उनले चौका प्रहार गर्दै १५ हजार रनको कोशेढुङ्गा पार गरेका थिए ।

कोहली ओडीआईमा १५ हजार रन बनाउने दोस्रो खेलाडी बनेका छन् । यसअघि भारतकै महान् ब्याटर सचिन तेन्दुलकरले यो उपलब्धि हासिल गरेका थिए ।

यद्यपी, कोहलीले ३०३ इनिङ्समै १५ हजार रन पूरा गर्दै तेन्दुलकरको ३७७ इनिङ्सको कीर्तिमान तोडे । उनले १४ हजारदेखि १५ हजार रन पुग्न मात्र १६ इनिङ्स खर्चिएका हुन् ।

टी–२० अन्तर्राष्ट्रिय र टेस्ट क्रिकेटबाट सन्यास लिइसकेका कोहलीले ५० ओभरको क्रिकेटमा भने आफ्नो उत्कृष्ट लय कायम राख्दै आएका छन् ।

वेस्ट इन्डिजले दिएको २९६ रनको लक्ष्य पछ्याइरहेको भारतले अहिले जवाफी ब्याटिङ गरिरहेको छ र कोहली यो समाचार तयार पार्दासम्म ७५ रन बनाएर खेलिरहेका छन् ।

ओडीआई क्रिकेट विराट कोहली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय