+
+
Shares

कांग्रेसको महाधिवेशनमा भारतदेखि अमेरिकासम्मका राजनीतिक दललाई निम्तो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १२:१३

१२ असोज, काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न मुलुकहरूबाट पाहुनालाई आमन्त्रण गरेको छ ।

कांग्रेसले उत्तरी र दक्षिणी छिमेकी मुलुकसँगै अमेरिकालयागतका आधा दर्जन बढी मुलुकहरूबाट पाहुना आमन्त्रण गरेको हो ।

काठमाडौंमा १६ असोजदेखि सुरु हुन गइरहेको महाधिवेशनको उद्घाटन समारोहका लागि भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, बंगलादेशलगायतका देशका सत्तारुढ र प्रतिपक्षी दलहरूलाई निमन्त्रणा गरिएको छ ।

विदेशी पाहुनालाई उद्घाटन समारोहमा बोलाउने जिम्मेवारी पाएका मध्येका एक नेताले भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र प्रतिपक्षी कांग्रेस आईलाई आमन्त्रण गरिएको जानकारी दिए ।

उनका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीलाई पनि महाधिवेशनको उद्घाटन समारोहका लागि निमन्त्रणापत्र पठाइएको छ । कांग्रेसले अमेरिकाका रिपब्लिकन र डेमोक्रेटिक पार्टीलाई समेत निमन्त्रणा पठाएको छ ।

त्यस्तै, बेलायतको सत्तारुढ लेबर पार्टी र प्रमुख प्रतिपक्षी कन्जरभेटिभ पार्टी तथा जर्मनीको सत्तारुढ सोसल डेमोक्रेटिक पार्टीलाई पनि आमन्त्रण गरिएको छ ।

बंगलादेशको सत्तारुढ दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) लाई समेत निमन्त्रणा पठाइएको ती नेताले जानकारी दिए।

‘युरोपका लोकतान्त्रिक समाजवादी पार्टीहरू, सोसलिस्ट इन्टरनेसनल, इन्टरनेसनल कन्फ्रेन्स फर एसियन पोलिटिकल पार्टीज (आईसीएपीपी) लाई पनि हामीले निमन्त्रणा गरेका छौं,’ उनले भने ।

छोटो समय र प्रतिकूल मौसमका कारण महाधिवेशनको उद्घाटन समारोहमा विदेशी पाहुनाको उपस्थिति प्रभावित हुन सक्ने ती नेताको भनाइ छ ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्ण दुलालले पार्टीका अघिल्ला महाधिवेशनहरूमा आमन्त्रण गरिँदै आएका पाहुनाहरूलाई यसपटक पनि आमन्त्रण गरिएको बताए ।

‘हामीले महाधिवेशनमा बोलाउँदै आएका पाहुनाहरूलाई यसपालि पनि निमन्त्रणपत्र बठाएका छौं,’ उनले अनलाइनखबरसँग भने, ‘उताबाट कन्फमेसन भने आइसकेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?