+
+
Shares

सरकारको प्राथमिकतामा परेको महिला मैत्री ब्लु बस खै ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १२:३६

१२ असोज, काठमाडौं । सरकारको १०० दिने प्राथमिकतामा समेटिएको महिला मैत्री ब्लु बस सेवा संचालन नभएको विषय संसद्मा उठेको छ ।

यो विषय सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसद अशोककुमार चौधरीले उठाएका हुन् । ‘केही दिनअघि कोटेश्वरदेखि माइतीघरसम्म सार्वजनिक यातायातमा यात्रा गर्दै गर्दा एक जना दिदीले मलाई चिन्नु भयो र सोध्नु भयो- सरकारले महिलाहरुका लागि सुरक्षित सार्वजनिक यातायात चलाउने योजना कहाँ पुग्यो ?’ उनले सुनाए ।

त्यो प्रश्न एउटी दिदीको मात्र नभएको र सार्वजनिक यातायातमा यात्रा गर्दै दैनिक असुरक्षा, अनुचित स्पर्श र दुर्व्यवहार भोगिरहेका हजारौँ दिदीबहिनीहरूको आवाज भएको उनले बताए । ‘तर दु:खद् कुरा त के छ भने, दुर्व्यवहार गर्ने व्यक्तिलाई प्रश्न गर्नुपर्ने ठाउँमा अझै पनि पीडितलाई नै प्रश्न गरिन्छ, बसमा चढेपछि यस्तै हुन्छ’, उनले भने ।

सुरक्षित यात्रा पाउनु हरेक नागरिकको अधिकार भएको उल्लेख गर्दै उनले महिलाहरुले सार्वजनिक यातायातमा डराएर होइन, ढुक्क भएर यात्रा गर्ने अवस्था बनाउनुपर्ने बताए ।

यहाँनेर उनले सरकारको १०० दिने प्राथमिकतामा समेटिएको महिला मैत्री ब्लु बस स्मरण गरे । उनले भनेका छन्, ‘त्यसैले सरकारको १०० दिने प्राथमिकतामा समेटिएको महिला मैत्री ब्लु बस सेवा तत्काल कार्यान्वयन गर्न सरकारसंग जोडदार माग गर्दछु ।’

मन्त्रिपरिषद्‍बाट स्वीकृत १०० बुँदे कार्यसूचीमा महिलाको सुरक्षित आवागमनका लागि सातै प्रदेशमा नि:शुल्क ब्लु बस चलाउने र पहिलो १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याउने लक्ष्य लक्ष्य राखिएको थियो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्यमा महिलाका लागि सीसी क्यामेरासहितको ब्लु बस सेवा सञ्चालन गर्ने घोषणा गरेका थिए । ब्लु बस सञ्चालनका लागि सरकारले यातायात व्यवस्था विभाग र साझा यातायातलाई जिम्मा दिएको थियो । तर, यो कार्यान्वयनमा आउन सकेको छैन । यो विषय संसद्मा सत्तारुढ दल रास्वपाकै सासद चौधरीले उठाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?