+
+
Shares

रास्वपा सांसद कठरियाको प्रश्न– किसानलाई सरकारको राहत कहिले ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १४:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद करिश्मा कठरियाले सोमबार प्रतिनिधि सभा बैठकमा मल अभाव र बाढीपहिरोले किसानलाई परेको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराइन्।
  • उनले समयमै मल नपाउँदा उत्पादन घट्ने र अविरल वर्षाले खेतमै बाली नोक्सान भएपछि किसान थप संकटमा परेको बताइन्।
  • कठरियाले स्थानीय तहसँग समन्वय गरी तत्काल धान खरिद र किसानलाई राहत दिन सरकारसँग माग गरिन्।

१२ असाोज, काठमाडौं । नेपालको कृषि क्षेत्रले भोग्दै आएको मलको अभाव र हालैको बाढीपहिरोले पुर्‍याएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद करिश्मा कठरियाले सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

सोमबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारी बेवास्ता र प्राकृतिक विपत्तिको दोहोरो मारमा किसान पिल्सिएको भन्दै तत्काल राहत र व्यवस्थापनको माग गरेकी हुन् ।

सांसद कठरियाले हरेक वर्ष असार महिनामा किसानले मलको हाहाकार व्यहोर्नुपर्ने नियति दोहोरिइरहेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाइन् ।

समयमै मल नपाउँदा उत्पादनमा ह्रास आउने निश्चित प्राय: छ भने, अर्कोतिर अविरल वर्षाका कारण खेतमै बाली नोक्सान भएपछि किसान थप संकटमा परेका छन् ।

किसानले दु:ख गरेर उत्पादन गरेको धान बिक्री गर्न समेत कठिनाइ भोगिरहेको उनले जिकिर गरिन् ।

खाद्य संस्थानहरूमा हप्तौँ लाइन बस्दा समेत सरकारले तोकेको न्युनतम समर्थन मूल्य पाउन नसक्दा किसानहरू बाध्य भएर कौडीको भाउमा व्यापारीलाई बाली बेच्न विवश भएको सांसद कठरियाको भनाइ छ ।

‘समयमा मल दिन नसके पनि कम्तीमा अहिले बाली उठाउने बेलामा सरकारले आफ्नो उपस्थिति देखाउनु आवश्यक छ,’ उनले भनिन् ।

उनले स्थानीय तहहरूसँग प्रत्यक्ष समन्वय गर्दै तत्काल प्रभावकारी रूपमा धान खरिदको प्रक्रिया अघि बढाउन र किसानलाई राहत प्रदान गर्न सरकारसँग माग गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?