News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद करिश्मा कठरियाले मधेश-थरूहट आन्दोलनका क्रममा गठित लाल आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन्।
- उनले आउँदो ७ भदौभित्र प्रतिवेदन सार्वजनिक गरी निर्दोष थारू समुदायलाई न्याय दिलाउन संसद्मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।
- सांसद कठरियाले २०७२ साल ७ भदौको टीकापुर घटनामा नरसंहार मच्चाउने पर्दा पछाडिका दोषीहरू को थिए भनी सरकारलाई प्रश्न गरेकी छन्।
२६ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद करिश्मा कठरियाले मधेश-थरूहट आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छन् ।
उनले प्रतिनिधिसभाको बैठकमा भनेकी छन्, ‘आउँदो ७ भदौभित्रै लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी निर्दोष थारूहरूलाई अविलम्ब न्याय दिलाउन म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’
२०७२ साल ७ भदौमा टीकापुरमा हिंसात्मक घटना भएको थियो । उक्त घटना थारू समुदाय र सिंगै देशका लागि अत्यन्तै दुखद् र कालो दिन रहेको उनले बताइन् ।
‘थारू र पहाडी समुदायबीच भड्काउ पैदा गरेर नरसंहार मच्चाउने पर्दा पछाडिका दोषीहरू को थिए ?’ उनको प्रश्न छ ।
यो प्रश्न अहिले पनि अनुत्तरित रहेको भन्दै उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4