+
+
Shares

भारतमा ककरोच जनता पार्टीद्वारा ‘जेल भरो आन्दोलन’को घोषणा

अभिजीत दीपकेले एक्समा पोस्टर सार्वजनिक गर्दै अक्टोबर २ मा सीजेपीले मुम्बईस्थित शिवाजी पार्कमा ‘जेल भरो आन्दोलन’ गर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १४:५०

भारतमा ककरोच जनता पार्टी (सीजेपी)ले नयाँ आन्दोलनको घोषणा गरेको छ । सीजेपीका संस्थापक अभिजीत दीपकेले सोमबार यसबारे जानकारी दिएका हुन् ।

अभिजीत दीपकेले एक्समा पोस्टर सार्वजनिक गर्दै अक्टोबर २ मा सीजेपीले मुम्बईस्थित शिवाजी पार्कमा ‘जेल भरो आन्दोलन’ गर्ने बताएका छन् ।

दीपकेले आफ्नो पोस्टमार्फत भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको मागलाई दोहोर्‍याएका छन् ।

सीजेपीले यसअघि नै ज्ञानेश कुमारले आफ्नो पदबाट राजीनामा नदिए अक्टोबर २ देखि आन्दोलन सुरु गर्ने घोषणा गरिसकेको थियो ।

यद्यपि, सीजेपीलाई मुम्बईमा आन्दोलन गर्न अनुमति दिइएको छैन ।

यस विषयमा प्रतिक्रिया दिँदै दीपकेले जनताको आवाज दबाउने यस्ता प्रयास स्वीकार्य नहुने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?