+
+
Shares

दाहसंस्कारपछि नुहाउन गएका वृद्धलाई खोलाले बगायो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १६:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्लाहीको गोडैता नगरपालिका–१ बहादुरपुरका करिब ७० वर्षीय छित्नु साहलाई आइतबार लखन्देही खोलाले बगाएको छ।
  • जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार बिहान ११:४५ बजे दाहसंस्कारपछि लखन्देही सोतीमा नुहाउने क्रममा साहलाई खोलाको बहावले बगाएको हो।
  • नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा साहको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

१२ असोज, सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–१ बहादुरपुरका एक वृद्धलाई लखन्देही खोलाले बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बहादुरपुर निवासी करिब ७० वर्षीय छित्नु साहलाई आइतबार दाहसंस्कारपछि लखन्देही सोतीमा नुहाउने क्रममा खोलाले बगाएको हो ।

प्रहरीका अनुसार आइतबार बिहान करिब ११:४५ बजे नुहाइरहेका बेला साहलाई खोलाको बहावले बगाएको थियो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका तीन–तीन जना गरी ६ जनाको संयुक्त टोली परिचालन गरी साहको खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा बेपत्ता साहको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?