+

एसियन गेम्स : ५ हजार मिटर दौडमा नेपालका सन्तोषी र पूर्णलक्ष्मी पुछारमा

२०८३ असोज  १२ गते १८:१२ २०८३ असोज १२ गते १८:१२

१२ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला ५ हजार मिटर दौडमा नेपालका सन्तोषी श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपानेले निराशाजनक प्रदर्शन गरेका छन् ।

जापानको नागोया सिटी मिजुहो पार्क एथलेटिक रंगशालामा भएको महिला ५ हजार मिटर दौडमा सन्तोषी र पूर्णलक्ष्मी सबैभन्दा अन्तिममा रहे ।

१२ जना सहभागी भएकोमा पूर्णलक्ष्मी ११औं र सन्तोषी १२औं स्थानमा रहे । निर्धारित दुरी पूर्णलक्ष्मीले १७ मिनेट ०.६० सेकेन्डमा पूरा गरिन् । सन्तोषीले १७ मिनेट ५३.१७ सेकेन्डमा पूरा गरिन् ।

बहराइनकी विनफ्रेड यावीले १५ मिनेट १०.१८ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितिन् ।

जापानकी नोजोमी तानाकाले १५ मिनेट ११.६५ सेकेन्डमा पूरा गर्दै रजत तथा भारतकी पारुल चौधरीले ११ मिनेट १४.६१ सेकेन्डमा पूरा गर्दै कास्यपदक जितिन् ।

२०औं एसियन गेम्स एसियन गेम्स एथ्लेटिक्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय