+
+
Shares

इरानी सर्वोच्च नेताको दाबी– शत्रु सेनालाई छिट्टै अरब सागरबाट धपाउँछौं

इरानका सर्वोच्च नेता मोजतबा खामेनीले इरानी सेनाले दक्षिणी इरानको तटीय क्षेत्रबाट शत्रु(अमेरिकी सेना)लाई अरब सागरसम्म धपाएको दाबी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १८:३०

इरानका सर्वोच्च नेता मोजतबा खामेनीले इरानी सेनाले दक्षिणी इरानको तटीय क्षेत्रबाट शत्रु(अमेरिकी सेना)लाई अरब सागरसम्म धपाएको दाबी गरेका छन् ।

इरान–इराक युद्धको स्मृति तथा सन् २०२४ मा इजरायली आक्रमणमा हिजबुल्लाहका नेता हसन नसरल्लाह मारिएको वार्षिकोत्सवका अवसरमा जारी सन्देशमा खामेनीले यस्तो बताएका हुन् ।

‘हाम्रा वीर लडाकु र होर्मुज स्ट्रेटका रक्षकहरूबाट पीडादायी प्रहार बेहोरेपछि उनीहरू (शत्रु) अरब सागरभन्दा पर जाने साहस गर्दैनन्,’ उनले भनेका छन् ।

उनले अब अरब सागरलाई अमेरिकी सेनामुक्त पार्ने पनि उनले संकेत गरेका छन् । उनले अगाडि भनेका छन्, ‘जब–जब उनीहरूले त्यसो गर्ने जोखिम उठाएका छन्, उनीहरूले आफैंलाई मात्र क्षति पुर्‍याएका छन् । अब अरब सागर पनि उनीहरूको उपस्थितिबाट मुक्त हुने समय नजिकिँदैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?